Email : info@totalnewssewa.com

अन्तरिक्षमा नेपाली स्याट-१ प्रक्षेपण

असार ३- अन्तरिक्षमा नेपाली स्याटेलाइट प्रक्षेपण गरिएको छ। नेपालीस्याट-१ नाम दिइएको सो स्याटेलाइट जापानको जाक्साबाट प्रक्षेपण गरिएको हो। जापानिज समय अनुसार  साँझ ७ बजेर १५ मिनेटमा नास्टको लोगो र नेपालको झण्डा बोकेर सो भु–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

 

      अमेरिकी अन्तरिक्षयात्री निक हेग नेतृत्वको ६ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं? भनेर सोधेको प्रश्नमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेपछि सो स्याटेलाइट प्रक्षेपण गरिएको थियो ।

 

       यस अघि २०७६ बैशाख ५ गते बिहिबार नेपाली समय अनुसार बिहान साढे २ बजे अमेरिकाको भर्जिनिया राज्यबाट नेपालीस्याट–१ प्रोजेक्टर अन्तरगतको नानो स्याटेलाइट ४०० किलोमिटर माथि अन्तराष्टिय अन्तरिक्ष प्रक्षेपण केन्द्रमा राखिएको थियो।

 

      भु–उपग्रहले सोमबारैदेखि तल्लो कक्ष अन्तरगत पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको छ। स्याटलाईट प्रक्षेपण कार्यक्रममा नेपाली भु–उपग्रहसँगै श्रीलंकाको रावण, जापानको इगोसी, सिंगापुरको स्पुकी–१ पनि छोडिएको छ।

 

      कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा.सुनिल बाबु श्रेष्ठ, माननीय मन्त्रीज्यूका स्वकीय सचिव पुरन केसी, दुतावासका डिजीएम कृष्णचन्द्र अर्याल र जापान, श्रीलंका, सिंगापुर र कार्यक्रम आयोजना गर्ने संस्था जाक्साको भ्वाईस चान्सलर लगायतका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो।

 

      संयुक्त राष्टसंघ र जापान सरकारको सहयोगमा नास्टको नेतृत्वमा नेपाली टोली आभास मास्के र हरिराम श्रेष्ठको सहभागितामा नेपाली सो भूउपग्रह तयार पारिएको थियो। नेपालले अन्तरिक्ष यात्रा सुरु गरेकोमा सहभागी सबैले नेपाललाई धन्यवाद दिएका थिए।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु