Email : info@totalnewssewa.com

फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईँदै

असार २९ – गोपनियताको बिषयमा आलोचित बन्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईने भएको छ । राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गरिएको बारेमा भईरहेको अनुसन्धानको क्रममा फेसबुकलाई सो जरिवाना तिराईने निर्णय भएको हो । यस बिषयमा अनुसन्धान गरिरहेको एफटिसीले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउनुपर्ने ठहर गरेको हो ।

एफटिसीले फेसबुकका ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा पाई राजनीतिक स्वार्थको रुपमा प्रयोग भएको आरोप छ । एफटिसीले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव पनि भोटले पारित भईसकेको अन्तराष्ट्रि मिडियाहरुले जनाएका छन् । यता यस सम्बन्धि फेसबुक र एफटिसी दुबैले कुनै पनि प्रतिक्रिया गर्न चाहेको छैन बीबीसीले जनाएको छ ।

यता एफटिसीमा फेसबुकका प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको सम्बन्धी विषयको अनुसन्धानलाई पाँच अर्ब अमेरिकी डलर तिराएर अन्त्य गर्ने प्रस्तावमा सदस्यबीच मतभेद पनि देखिएको बताईएको छ । जरिवानासम्बन्धी प्रस्ताव न्याय विभागको सिभिल डिभिजनले अन्तिम रुप दिनुपर्छ । यसका लागि कति समय लाग्छ भन्ने थाहा नरहेको मिडियाहरुले जनाएका छन् । यदि एफटिसीले गरेको उक्त प्रस्तावले अन्तिमरुप पाएको खण्डमा कुनै पनि प्रविधिसम्बन्धी कम्पनीलाई तिराईएको यो सबैभन्दा ठुलो जरिवाना हुनेछ । फेसबुकसम्बिन्ध यो अनुसन्धान एफटिसीले सन् २०१८ को मार्चबाट गर्दै आईरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु