सरकारी विद्यालय क्वारेन्टाइनमा रुपान्तरण, तर निजीमा विद्यार्थी भर्ना !

कोरोनासंक्रमणको जोखिम बढ्दै गएपछि चैतको दोस्रो सातामा सकिनुपर्ने वार्षिक परीक्षा छिटो गर्न सरकारले सरकारी तथा निजी विद्यालयलाई निर्देशन दियो । त्यसलगत्तै विद्यालयहरुले चैत ५ गतेभित्र नै सबै तहको परीक्षा सके । एसईईको तयारीमा रहेका विद्यार्थी पनि चैत्र ६ गतेदेखि हुने भनिएको परीक्षाका लागि तयारी अवस्थामा रहँदा चैत ५ गते राति मात्रै सूचना निकालेर परीक्षा स्थगित गरिएको जानकारी दिइयो । त्यसपछि सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशैभर लकडाउनको घोषणा गर्यो र त्यो अहिलेसम्म पनि जारी नै छ

तर सामाजिक दूरी कायम राख्नुपर्ने अवस्थामा निजी विद्यालय भने खुल्ने भन्दै निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जेठ २२ गतेदेखि निजी विद्यालय खोल्ने भन्दै वक्तव्य जारी गरेपछि विद्यालय खोल्ने सम्बन्धमा अब के हुन्छ भन्ने चासो बढेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जेठ २२ गतेबाट विद्यालय खोल्ने भनेपनि के साँच्चै अब विद्यालय खुल्न सम्भव छ त ?

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा निजी विद्यालय सञ्चालकले भन्दैमा विद्यालय खुल्न नसक्ने बताउँछन् । जनताको जिउधनको सुरक्षाका लागि नै सरकारले लकडाउन गरेको कारण सरकारले खोल नभनेसम्म विद्यालय खोल्न नसकिने शर्माको भनाइ छ ।

 

प्रवक्ता शर्मा भन्छन्, ‘पहिलो कुरा विद्यालय बन्द निजी विद्यालयका सञ्चालकले गरेका होइनन् र उनीहरुले चाहँदैमा विद्यालय खुल्ने छैन । किनभने देशैभर लकडाउन भइसकेपछि विद्यालय खोल्ने वा खुल्ने कुरा भएन र अहिलेपनि लकडाउन जारी रहेकै अवस्थामा विद्यालय खोलेर पठनपाठन गर्ने भन्ने कुरा हुँदैन । सरकारले खोल नभनेसम्म विद्यालय खोल्न पाउने भन्ने कुरा हुँदैन । तर पठनपाठन नभएपनि वा विद्यालयको प्रशासन खोलेर गर्न सकिने काम भने गर्न सकिन्छ भन्ने शर्माको भनाइ छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु