Email : info@totalnewssewa.com

पाइपलाइनबाट आयो ३१ लाख लिटर डिजेल

साउन ४-  नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो। भारतको पटनाबाट मोतीहारी हुँदै अमलेखगन्ज डिपोमा ३१ लाख लिटर डिजेल झारिएको छ।नेपाल र भारत दुवै देशका प्राविधिकले बुधबारदेखि पाइपलाइन परीक्षण थालेका थिए। शुक्रबार बिहान ६ बजे पाइपबाट डिजेल अमलेखगन्जसम्म ल्याइएको हो।

पाइप जाँच गरी सफा गरेर डिजेल ल्याइएको नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। उनका अनुसार बुधबार साँझ ६ बजे हावा, राति २:३० मा पानी र शुक्रबार बिहान ६ बजे डिजेल ल्याइएको हो। पटनाबाट बुधबार दिउँसो हावा र पानीको प्रेसर दिएर पाइपको अवस्था जाँचिएको थियो। पटनाबाट अमलेखगन्जसम्मको दूरी २ सय ५९ किलोमिटर छ।पाइपबाट आएको डिजेल ल्याब परीक्षण गरी प्राविधिकले ट्यांकीमा भण्डार गरेका छन्।अन्नपूर्णपोस्ट दैनिकमा दिवाकर भण्डारीले समाचार लेखेका छन्। विस्तृत खबर पढ्न तल क्लिक गर्नुहोस ।

(पत्रपत्रिका)



प्रतिक्रियाहरु