Email : info@totalnewssewa.com

राष्ट्रियतामाथि खतरा उत्पन्न हुने संविधान संशोधनलाई खारेज गरी दिनु पर्दछ

– विमल शर्मा प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी (मसाल)

० नेकपा (मसाल) ले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाई रहेको रहेछ । त्यो कार्यक्रम किन मनाउनु पर्‍यो ? 

– १९१७ को अक्टोबर क्रान्ति हुनु पूर्व पूँजीवादीहरूले निकै लामो र कठिन सङ्घर्षपछि सामन्तवादका विरुद्ध सङ्घर्ष गरेर रूसमा पूँजीवादी क्रान्ति सम्पन्न गरेका थिए । सामन्तवादले गरिब किसान र मजदुर वर्गको हितमा काम गर्दैनथ्यो । त्यस कारण सामन्तवादका विरुद्धको सङ्घर्ष त्यति बेला प्रगतिशील थियो । तर पूँजीवादी क्रान्तिले पनि मजदुर गरिब किसानहरूलाई सामन्तवादीले पूँजीवादीहरूलाई गरिने गरेको शोषणको रूपमा फरक भए पनि शोषण आफ्नै आधारमा चरम रूपमा गर्दै जाने त्यसको चरित्र भएकाले शोषण बढी रहेको थियो । अर्कातिर, १८१८ मा जन्मेका जर्मनका कार्ल माक्र्सले १८४८ मा एङ्गेल्सको सहयोगमा एउटा दस्तावेज प्रकाशित गरे । त्यो दस्तावेजलाई कम्युनिस्ट घोषणा पत्र भनिन्छ ।

उक्त दस्तावेजले “संसारका मजदुर एक हौँ” भन्ने नाराका साथ शोषणका रूपहरूको विषयमा खुलेर लेख्यो र समाज परिवर्तनको विषयमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दार्शनिक आधारमा आदिम साम्यवाद, दास, सामन्ती र पूँजीवादी युगको वर्णन गरेर व्याख्या गरी दियो । त्यो कम्युनिस्ट घोषणा पत्रले संसारमा थोरै धनाढ्य र सम्पत्ति भएकाहरूले धेरै मिहिनेतकश जनतालाई शोषण गरेर राज्य सत्ता चलाउने गरेको वैज्ञानिक तथ्यको आधार स्पष्ट गरी दियो । त्यसैको शिक्षाले मिहिनेतकश जनताले के थाहा पाए भने हामी अन्यायमा पर्नुको कारण के हो ? त्यति मात्र होइन, त्यसरी त्यो शिक्षाबाट शोषणमा परेकाहरू सङ्गठित हुन जरुरी छ र हामीले पनि राज्य सञ्चालन गर्न सक्दछौँ भन्ने शिक्षा प्राप्त गरे । त्यति बेलाको उद्योगधन्दा विकास हुँदै पूँजीवादी देशमा परिणत भएको थियो ।

सामन्तवादसँग लडेर सत्ता प्राप्त गरेका पूँजीवादीहरूको दमन सही नसक्नु भई रहेको अवस्थामा कम्युनिस्ट घोषणा पत्रको शिक्षाले संसारका मजदुर गरिब किसानहरूलाई सङ्गठित गर्दै गई रहेको थियो । यही अवस्थामा रूसका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले सर्वहारा मजदुर र गरिब किसानहरूको पक्षको नेतृत्व गर्दै राजनीतिक सङ्गठन गर्नु भएको थियो । त्यस क्रममा कैयौँ पटक उहाँले सङ्घर्षका क्रममा हार खानु परे पनि अन्त्यमा सही दृष्टिकोण र वैज्ञानिक तथ्यमा आधारित सङ्घर्ष भएकाले १९१७ को अक्टोबरमा रूसमा पूँजीपतिहरूको राज्यसत्तालाई पल्टाई दिएर सर्वहारा मजदुर किसानहरूको राज्यसत्ता स्थापना गराउनु भएको थियो । त्यसरी स्थापना गरिएको राज्यसत्ताको अहिले ९९ वर्ष पुरा गरी यही २०७३ कार्तिक २२ गते सय वर्षमा प्रवेश गरेको छ । हामीले त्यही सय वर्षको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेका छौँ र हाम्रो पार्टीले एक वर्षका लागि विभिन्न कार्यक्रमहरू तयार गरेको छ ।

अक्टोबर क्रान्तिको कार्यक्रम किन मनाउन आवश्यक पर्‍यो भने हाम्रो देश अहिले भर्खर राजतन्त्रात्मक शासन व्यवस्थाबाट मुक्त भएर गणतन्त्रमा प्रवेश गरेको छ । तर सामन्तवादको आधारहरू ज्युँका त्युँ छन् । शोषणका रूपहरू लगभग उस्तै प्रकारका छन् । अहिले पनि हाम्रो देश पूँजीवादी हुन सकेको छैन । उद्योगधन्दाको विकास भएको छैन । सीमित मात्रामा भएका उद्योगधन्दाहरू पनि विदेशीहरूको हातमा छन् र मुख्य गरेर भारतीय विस्तारवादको छायाँ अन्तर्गत सञ्चालित छन् । वास्तवमा भन्ने हो भने सङ्गठित रूपमा राष्ट्रिय पूँजीपतिहरूको विकास नै भएको छैन । अहिलेको एक्काइसौँ शताब्दीमा बल्लतल्ल गणतन्त्र प्राप्त गर्न सकेको छौँ । संसारमा धेरै देशहरूमा सत्रौँ–अठाह«ौँ शताब्दीमा झँै राजतन्त्र समाप्त भएको थियो । हाम्रो देशको गणतन्त्र अहिले पनि मजबुत भएको छैन । त्यस कारण नेपाली जनतामा भएको शोषण, अन्याय अत्याचारको अन्त्य वास्तवमा कम्युनिज्म व्यवस्थाले गर्दछ । रूसमा एक सय वर्ष अगाडि नै सर्वहारा वर्गको राज्य स्थापना भएको थियो । हामीले पनि सर्वहारा गरिब मजदुर किसानहरूको राज्य व्यवस्था स्थापना नभई हाम्रो मुक्ति सम्भव छैन भनेर वास्तविकता बताउनका लागि अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको आयोजना भएको हो ।

० शतवार्षिकी कार्यक्रम अन्तर्गत के कस्ता कार्यक्रमहरू गर्दै हुनु हुन्छ ?

– शतवार्षिकी कार्यक्रममा अक्टोबर क्रान्तिको प्रचार प्रसार गर्ने, त्यसको महत्वबारे स्पष्ट गर्ने, कम्युनिस्ट आन्दोलनमा भएका उग्रवामपन्थी र दक्षिणपन्थी भटकावका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको, प्रतिक्रियावादी र साम्राज्यवादीहरूले शोषणका रूपहरूलाई बदल्ने गरेको, विभिन्न सङ्घ÷संस्था र एनजिओ, आइएनजिओ मार्फत् कम्युनिस्ट आन्दोलनमा आक्रमण गरेको विषयमा उनीहरूको क्रियाकलापको भण्डाफोर गर्ने, वर्गीय सङ्घर्ष बिना हाम्रो मुक्ति सम्भव छैन भन्ने कुरालाई ध्यान दिएर कार्यक्रमहरू बनाउने निर्णय भएको छ ।

आन्तरिक रूपमा पनि सङ्गठनात्मक कामको जिम्मा दिने, सङ्गठनात्मक कामलाई व्यवस्थित बनाउने, प्रतिक्रयावादीहरूका पक्ष र जनताका पक्षका मान्छेहरूको राजनीति र व्यवहारबारे प्रशिक्षणहरू चलाउने, देशको राष्ट्रियता कमजोर अवस्थामा भएकोले भारतीय विस्तारवादसँग गरेका राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गराउन र भारतीय विस्तारवादप्रति समर्पण नअपनाउन वर्तमान सरकारलाई चेतना दिने, राष्ट्रियताको पक्षमा मिल्न सक्ने शक्ति समूह वा व्यक्तिहरूसँग पनि कार्यगत एकता गरी राष्ट्रियता बचाउनका लागि सङ्घर्ष गर्ने आदि कार्यक्रमहरू छन् । अर्कातिर, हाम्रो जोड नयाँ पिँढीमा चेतना दिने र उनीहरूहरूलाई सङ्गठित गर्ने हुने छ । त्यसका लागि विभिन्न क्षेत्र र जिल्लाहरूमा कामको विभाजन भएको छ । पर्चा प्रकाशन गर्ने, सदस्यता वितरण गर्ने र समितिहरूको निर्माण गर्ने आदि कामहरू गरिने छ ।

० कम्युनिस्ट शासन त अहिले कतै पनि छैन । यो कार्यक्रम मार्फत् कम्युनिस्टहरूको स्थितिमा सुधार हुन्छ भन्ने आधार के होला ?

– रूसको अक्टोबर क्रान्तिले ल्याएको उभारपछि संसारका कैयौँ देशहरूमा राष्ट्रिय मुक्ति आन्दोलनहरू सम्पन्न भएका थिए । त्यसको प्रत्यक्ष नेतृत्व माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले गरेको थियो । १९४९ मा सम्पन्न नयाँ जनवादी क्रान्तिले विश्वलाई नै नेतृत्व गर्दै आशाको केन्द्र बनेको थियो । जसरी अक्टोबर क्रान्तिले सर्वहारा वर्गको राज्य स्थापना गरेर संसारका प्रतिक्रियावादी र साम्राज्यवादीहरूलाई चुनौती दिँदै रूसले आफ्नो उन्नति गर्‍यो, त्यसरी नै चीनले पनि माओको नेतृत्वमा त्यहाँको कम्युनिस्ट पार्टीले संसारलाई अर्को उदाहरण प्रस्तुत गरेर प्रमाणित गरेको थियो । पूँजीवादी देशमा क्रान्ति कसरी गर्ने र अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशमा कसरी क्रान्ति गर्ने ? दुवै देशका उदाहरणहरूले प्रष्ट पारेका थिए ।

समाज परिवर्तन, राज्य स्थापना यो एउटा वर्गीय लडाइँ हो । अहिले हामी जुन अवस्थामा छौँ, यो अवस्थामा आउनका लागि कैयौँ त्यस्ता लडाइँहरू लड्नु परेको थियो, जसलाई अहिले कसरी भए होला भन्नु पर्ने हुन्छ । भर्खरै गणतन्त्र स्थापना हुनु पूर्व हामीले नै भोगेका थियौँ, सङ्गठन गर्न नपाइने अन्यायका विरुद्ध बोल्न नपाइने, शोषक सामन्त र ठुला ठालु भन्नेहरूका अगाडि केही गर्न नसक्ने, पुलिस, प्रशासनले सामान्य लौरोको भरमा कुनै गाउँलाई नियन्त्रण गर्न सक्ने अवस्थाहरू थिए । अझ हामीले सुन्दछौँ र कैयौँ प्रकाशनमा देखेका छौँ । सती प्रथा कति क्रुर थियो । ती सबै वर्गसङ्घर्षको लडाइँद्वारा समाप्त भए । ती सबै शोषणका रूपहरू बदलिएका छन् । वर्गसङ्घर्षको परिणामले व्यक्ति कुन वर्गको हो भन्ने छनौट गर्दछ । त्यस कारण परिवर्तन सामान्यतः हुने गर्दछ । कम्युनिस्टहरूले त्यो वर्गसङ्घर्षलाई उठाउने आफ्नो वर्गको प्रतिनिधित्व गर्दै सङ्घर्षको नेतृत्व गर्दछन् । त्यसै गरी शोषणका रूपहरूलाई बदलेर प्रतिक्रियावादी र उनीहरूका पक्षधरहरूले पनि आफ्नो योजना अनुसार नै काम गरेका हुन्छन् । त्यसैलाई वर्गीय लडाइँ भन्दछन् । वर्गीय सङ्घर्षमा कहिले शोषकहरूको जित हुन्छ भने कहिले शोषितहरूको । वर्गविहीन समाज स्थापना नहुने अवस्थासम्म जीत–हार भई रहन्छ । अहिले कम्युनिस्टहरूको राज्य व्यवस्था कहीँ पनि नहुनु पनि त्यसैको कारण हो । स्वयं कम्युनिस्ट भन्नेहरूले नै एक पटक कम्युनिस्ट बने भन्दैमा सधैँ कम्युनिस्ट नरहन सक्छन् । विश्व कम्युनिस्ट आन्दोलन रूस, चीन र हाम्रो नेपालका कम्युनिस्ट भन्नेहरूका बारेमा पनि त्यही कुरा सत्य हो । समाज परिवर्तन, राज्य सत्ता परिवर्तन हामीले सीधा सोचे जस्तो चल्दैन । विभिन्न प्रकारले बाङ्गो टिङ्गो भएर चल्ने हुनाले अहिले कम्युनिस्टहरूको राज्य नहुनु पनि त्यसैको परिणाम हो ।

यो अवस्था यस्तै रहँदैन । जहाँ शोषण, दमन रही रहन्छ, त्यहाँ अन्तर्विरोधहरू रही रहन्छन् । त्यहीँ अन्तर विरोध रही रहन्छन् । त्यही अन्तर्विरोधको परिणामलेपछि गएर एउटा निष्कर्ष निकाल्दछ । अहिले कम्युनिस्टहरूको राज्य छैन र कम्युनिस्टहरू कमजोर जस्ता देखिएका छन् । तर सङ्घर्ष रोकिएको छैन । पूँजीवादी र साम्राज्यवादीहरूको यति दमन, अन्याय, लोभ, लालच हुँदा पनि विश्वभरमा सबै देशहरूमा कम्युनिस्टहरूले आन्दोलन गरी रहेका छन् । आफ्नो वर्गीय पक्षधरतालाई बचाई राख्न सफल भएका छन् ।

शोषणको अवस्थालाई परिवर्तन गर्दै सामाजिक, आर्थिक, जातीय र धार्मिक सबै सम्भव तरिका अपनाएर हजारौँ वर्षदेखि आएको समाज र राज्य व्यवस्थालाई बदल्न करिब १६८ वर्ष लागेको छ । कम्युनिस्ट आन्दोलन वा १०० वर्षको अक्टोबर क्रान्तिले कम्युनिस्ट व्यवस्थाका बारेमा आफ्नो सङ्घर्ष जारी राखेर प्रतिक्रियावादीहरूलाई अत्याउने बनाई रहेको छ । हामीले त्यसरीमाथि उठेर हेर्न सिक्नु पर्दछ । कम्युनिस्टको राज्य व्यवस्था अहिले नभए पनि यही समाज र पूँजीवादीहरूको राज्य व्यवस्थाको गर्भबाट नै यो हुर्किन्छ र आफ्नो राज्य व्यवस्था कायम गर्दछ ।

० देशको वर्तमान परिस्थितिलाई नेकपा (मसाल) ले कसरी हेर्दछ ?

– हाम्रो देश अहिले गणतन्त्र, धर्म निरपेक्षतामा परिवर्तन भएको छ । हाम्रो यो ठुलो उपलब्धि हो । संसारका एकाध देशहरू बाहेक सबै देशहरू धेरै वर्ष पहिलेदेखि गणतन्त्रात्मक भई सकेका थिए । हामीले ढिलै भए पनि गणतन्त्र स्थापना गर्न सफल भएका छौँ । अर्कातिर, हाम्रो देश आजसम्मको इतिहासमा प्रत्यक्ष गुलाम बनेको छैन र नेपाली वीर सपुतहरूले यसलाई जोगाई राख्न सफल भएका छन् । विश्वका कैयौँ देशहरूमा जातीय र धार्मिक अन्धविश्वासी झगडा, लडाइँ, काटमार हुने गरेका छन् र अहिले पनि लगातार त्यसरी चलाई रहेका छन् । तर हाम्रो देशमा अहिलेसम्म त्यो समस्या थिएन ।

अहिले हाम्रो देशमा विभिन्न प्रकारको द्वन्द्वको चपेटामा पर्ने सम्भावना देखा परी रहेका छन् । हामीले गणतन्त्र स्थापना गरेपछि प्रथमतः देशीय सामन्तवाद र त्यसको प्रतिनिधत्व गर्ने राजनीतिक पार्टीहरू जो राजावादीहरू छन् । उनीहरूले पुनः राजतन्त्रलाई स्थापित गराउने दुस्प्रयासमा लागी परेका छन् । द्वितीय, उनीहरूलाई राजतन्त्रवादीहरूलाई उपयोग गरेर धर्म निरपेक्षता हटाउने र नेपाललाई हिन्दू राष्ट्र नै घोषणा गराउन छिमेकी देशका शासक, जसलाई हामीहरूले भारतीय विस्तारवाद भनेर पहिचान गरेका छौँ, योजनाबद्ध रूपले काम गरी रहेका छन् । तृतीय, भारतीय विस्तारवादले नेपाललाई हिन्दू राष्ट्र बनाउने मात्र होइन, सम्भव भएसम्म भारतमा नै समावेश गराउने, भर्खर त्यो सम्भव नभए भुटान, सिक्किम, बनाउने योजना अनुसार काम गरेको छ । त्यसका लागि मधेशवादी, पृथकतावादीहरूलाई उपयोग गरेर मधेश÷तराईलाई अलग गर्ने योजनाका लागि काम गरेका यथेष्ट प्रमाणहरू छन् । संविधान निर्माणमा उनीहरूको इच्छा अनुसार हुनु पर्नेमा जोड दिनु, जन्मको आधारमा नागरिकताको नीति पास गराउनु, अङ्गीकृत नागरिकलाई राष्ट्रका प्रमुख पदका लागि दावी गर्न लगाउनु, प्राकृतिक सम्पदामाथि हस्तक्षेपको नीति अपनाउनु, सिमानामा अतिक्रमण, चीनसँग मिलेर लिपुलेकमाथि हस्तक्षेप गर्नु, नदीनालालाई आफ्नो कब्जामा पार्न विभिन्न प्रकारका दबाब सृजना गरी सन्धि–सम्झौता गराउनु आदि कार्य भई रेका छन् । यहाँसम्म कि संविधान संशोधन गर्न दबाब दिने र सबैलाई मान्य हुने प्रकारको संविधानको कुरा उठाएर संविधानमा अतिक्रमण गर्ने प्रयत्न गर्नु आदि देशका अगाडि गम्भीर र चुनौती थपिदै गई रहेको छ ।

अर्कातिर, देशभित्र भ्रष्टाचार, अनियमितता, महङ्गाइ, असुरक्षा, बेरोजगारी आदि समस्याले आम जनतालाई ठुलो सास्ती परी रहेको छ । सत्तामा रहेका राजनीतिक पार्टीहरूले एकपछि अर्को गरी गलत कामहरू गर्दै गई रहेका छन् । भारतको छातामुनि, सुरक्षा, उद्योगधन्दामा भारतीय कर्मचारीको अनुगमन, संयुक्त राष्ट्र सङ्घीय परिषदमा भारतको दलाली र चाकडी आदि समस्याले देश जटिल समस्यामा पर्दै गई रहेको छ । १७–१८ वर्षसम्म स्थानीय निर्वाचन भएको छैन । नोकरशाही तन्त्र हावी भएको छ । जनताका जनप्रतिनिधिहरू गाउँमा छैनन् । एनजिओ, आइएनजिओहरूले विभिन्न प्रलोभनद्वारा साम्राज्यवादी राजनीतिलाई टेवा पुग्ने प्रकारले कार्यक्रम सञ्चालन गर्दछन् । नियन्त्रणको संयन्त्र छैन । रोजगारीका लागि युवाहरू विदेशिन बाध्य छन् । रोजगारीको नाममा महिला युवकहरू विदेशिने नाममा बेचिने, बलात्कृत हुने कार्यले नेपालको अस्मिता समेत लुटिएको अवस्था छ ।

० फेरि पनि संविधान संशोधन गर्न लागिएको छ । संविधान संशोधन प्रति तपाईहरूको दृष्टिकोण के हो ?

– देशको संविधानमा समय अनुसार र आवश्यकता अनुसार संशोधन गर्ने, कैयौँ बुँदाहरू हटाउने र राख्ने नेपाली जनताका प्रतिनिधिहरूले गर्नु कुनै गलत कुरा होइन । तर अरूका लागि, प्रतिक्रियावादी विस्तारवादी वा अरू कुनै देश जनतालाई आघात पुग्ने, राष्ट्रियता खतरामा पर्ने, हाम्रो समाज, संस्कृतिलाई नोक्सान पर्ने प्रकारले संशोधन गर्नु पर्ने आवश्यकता छैन । अहिले संशोधनको जुन कुरा उठी रहेको छ, त्यो सही दिशाबाट आएको विषय होइन । त्यस कारण यो अरूको लागि ल्याइएको प्रस्ताव हो । देशमा गणतन्त्र आएको छ । त्यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्दछ । राष्ट्रियतामाथि खतरा उत्पन्न हुने संविधान संशोधनलाई खारेज गरी दिनु पर्दछ ।

० नेकपा (मसाल) का अन्य कार्यक्रमहरू के कस्ता छन् ?



प्रतिक्रियाहरु