Email : info@totalnewssewa.com

नेपाल जापान विद्यार्थी समाजद्वारा प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापनपत्र

साउन १८- नेपाल जापान विद्यार्थी समाजले प्रवासमा विद्यार्थीहरुको संख्या वृद्धिसँगै समस्याहरु पनि वृद्धिहुनु स्वभाभिक रहेकोले नेपाली विद्यार्थीका समस्याहरुका बारे नेपाल सरकारबाट प्रभावकारी निर्णयहरु हुन नसकेको तथा कतिपय भयका निर्णयहरु पनि कार्यान्वयन हुन नसकेको प्रति प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । भौतिक रुपमा नेपाली भूमिबाट टाढा रहेतापनि नेपाल र नेपालीको हीतको निम्ति निभाउनुपर्ने भूमिका, काम तथा कर्तव्यहरुलाई प्राथमिकतामा राखेको नेपाल जापान विद्यार्थी समाजले स्थापना कालदेखि नै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुका समस्याहरु समाधान गर्दै आइरहेको कुरा अवगत गराएको थियो । साथै अध्ययन तथा रोजगारीको शिलसिलामा जापानमा रहेका नेपालीहरुको दुर्घटना तथा विभिन्न कारणले मृत्यु भएकाका शव नेपालमा ल्याउनका लागि विभिन्न शिर्षकमा १०–१५ लाख सम्म लागत लाग्ने बाध्यात्मक स्थिति रहेको र यसरी मृत्यु भएका नेपालीहरुको शव नेपाल सरकारले जापान सरकारसँग समन्वय गरी सहज र निशुल्क रुमा ल्याउने व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएको छ । समाजका केन्द्रिय अध्यक्ष चेतन पौडेल र महासचिव कृष्ण प्रसाद भुसालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जापान पठाउने नाममा मनपरी शुल्क असुल्ने कन्सल्टेन्सीहरुलाई कारबाहीको दायरामा ल्याई अबैधानिक रुपमा सञ्चालन भएका कन्सल्टेन्सीहरुलाई बन्द गर्न पनि माग गरिएको छ। यसैगरी नेपाल विद्यार्थी समाज जापानले योग्यता प्रमाणपत्र आईसकेपछि कलेजलाई पैसा पठाई सकेपश्चात नेपालमा रहेको जापानी राजदुतावासबाट अन्तर्वातामा फाल्ने हुँदा पहिले दुतावासले अन्तर्वाता लिने र भाषा योग्य व्यक्तिहरुलाई कलेजमा पैसा पठाउन लगाउने तथा अन्य समस्याहरुको समाधान गर्न पनि नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु