Email : info@totalnewssewa.com

भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

जेठ २- बिहानदेखि बेपत्ता रहेको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनामा परेको प्रहरीले जनाएको छ । यसअघि विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बाजुरामा फोर्स ल्याण्ड गर्नुपरेको बताएका थिए । दुर्घटनामा परेको जहाजका पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार जहाज तीन टुक्रा परेको छ । सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि उडेको मकालु एयरको एकल इन्जिनयुक्त जहाज सिमिकोट विमानस्थलदेखि ७.७ नटिकल माइल दक्षिणपूर्व खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु भएको विमानस्थल उद्दार समन्वय केन्द्रले जनाएको छ ।



प्रतिक्रियाहरु