Email : info@totalnewssewa.com

बोक्सी भन्दै बुहारीले गरिन् सासुको हत्या

भदौ १६ -बोक्सीको आरोपमा दाङको तुलसीपुरमा बुहारीले सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।तुलसीपुर उपमहागनरपालिका ९ र्की ६९ वर्षीय खोपी रावतलाई बुहारी टंकी रावतले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिए । झारफुक गर्न जाने भन्दै घरबाट निस्केपनि घर नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।



प्रतिक्रियाहरु