Email : info@totalnewssewa.com

जिल्लाको पछाडी समाज जापान राखेर स्थापित सामाजिक संस्था र बागलुङ्ग समाज जापानको अधिबेसन ।

जिल्लाको पछाडी समाज जापान राखेर स्थापित सामाजिक संस्था र बागलुङ्ग  समाज जापानको अधिबेसन ।
नेपालबाट जापानमा आइ अध्यन ,काम व्यवसाय लगायत कुनै न  कुनै माध्यमबाट जापानलाई कार्यथलो बनाउनेको संख्या अनुमानित ७० हजार छ । जापानमा आउने नेपालीको संख्या वृद्धि संगै संघ संस्थाको संख्या पनि वृद्धि   भएको सबैलाई जानाकारी छ ।  जिल्लाको पछाडी समाज जापान राखेर धेरै जिल्लाहरुको सामाजिक संस्था छन् ।
सबैको उद्देश्य उस्तै उस्तै समाज सेवा नै हो । प्रदेशमा आइसकेपछि देशको माया अलिक बेसी नै लाग्छ फलस्वरूप संघ संस्थामा आवद्दता संगै सक्रियता ह्वात्तै बढ्छ । नकारात्मक कुरा गर्नु कुनै पनि कोणबाट राम्रो होइन भन्दा भन्दै अलिकता सुधार्न पर्ने कुरालाई यहाहरु  माझ राख्ने अनुमति माग्दछु ।  संघ संस्थामा आवद्द व्यक्तिमा स्वच्छ छबि ,संघ संस्था को बारेमा ज्ञान  हुन आवश्यक  छ  । संघ संस्थामा आवद्द व्यक्तिको योग्यता खोज्नु र मापदण्ड बनाउन मिल्ला नमिल्ला किनकि कसैले मैले समाजको लागि काम  गर्छु भन्दा तपाइको योग्यता पुगेन भन्न नमिल्ला पनि तर स्वच्छ  भावनाले स्थापित संस्थाको नेतृत्व राजनैतिक संगठनको पदिय  तहमा आवद्द व्यक्तिहरुले लिइरहदा कुनै न कुनै कोण बाट राजनीति  हुने मात्र नभई राजनैतिक विभिन्न भात्री संगठनमा आवद्द व्यक्तिहरु जो समाजमा पनि आवद्द छन्
उनीहरुको बहुमत अल्पमतको  भिडन्त गर्ने ठाउ बनिरहेको देखिरहेका छौ।हालसाल जापानमा  बाग्लुंगको  अधिबेसनको माहोल तातिरहेको छ । सबैको नजर गैरहेको छ ,बाग्लुङ्ग समाज जापानले नमुना समाज बनाउछ वा भिडन्त गर्ने ठाउ बनाउछ अब छिटै देख्नेछौ । नमुना समाज बनाउने हो भने प्रस्ट रुपमा संस्थाको योजना बनाउन सक्ने ,परिस्थिति उपर निर्णय लिन सक्ने ज्ञान त जरुरी छ र सम्भब भयेसम्म राजनैतिक रुपमा कुनै संगठनको पदिय जिम्मेबारी नलिएको हुन आवश्यक छ । बाग्लुङ्ग समाज जापानमा राजनैतिक लडाई भैरहेको कुरा बजारमा बर्चस्व छ ।यो कुराबाट दुखित छौ । हामि दुखित हुन चाहदैनौ र चाहदैनौ भने खुशी रहन के गर्नु पर्ला ?
 
जापानमा रहेका मध्ये केहि  संस्था नेतृत्व गर्नेमा पनि बाग्लुङ्गे छन् । कुशलता देखाईरहेका छन ।    बाग्लुङ्ग भित्रका संघ संस्थाहरु पनि नमुना छन् गल्कोट समाज जापान ,बलेवा समाज जापान ,बिउकोत् समाज जापान लगायत ,जापानमा आएर सफल भएका व्यक्तिहरु पनि धेरै छन् ,दिलु खत्री ,दिपक सुबेदी ,नर बहादुर थापा , केसर गिरि ,राजाबिन थापा ,बेलु काजी थापा ,दिपेन्द्र केसी  , दि पी कंडेल , सिद्धार्थ श्रेष्ठ बिजय भण्डारी  ,लक्षमण कार्की ,प्रदिप थापा, रत्न सिंङ बस्नेत, क्रिष्ण केसी  ,कालिका थापा  लगाएत  अब बाग्लुङ्ग बासिले सोच्नु पर्ने कुरा नमुना समाज बनाउन उल्लेखित राजनैतिक गैरराजनैतिक सम्पूर्ण बौद्धिक व्यक्तिहरुको बौद्धिकतालाई प्रयोग  गर्नको साथै राजनीति हाबी हुन नदिने गरि त्यस्तो व्यक्तिलाई नेतृत्वमा पुर्याउन पर्छ ।
२१ औ शताब्दिका हामि  फलानोले फलानो रकम फलानोलाई सहयोग गरो भन्नुनै समाज सेवाको जिम्मेबारी पुरा हुनु होइन भन्ने कुरालाई राम्रो संग बुझ्नु पर्छ । त्यस्तो नेतृत्व आवश्यक छ जसले दिर्घकालिन योजना बनाउन  सकोस , भैपरी आउने परिस्थितिलाई समाधान गरेर अघि बढ्न सकोस । माथि उल्लेखित जस्तै काम  भनेको पैसा लेनदेन हो भन्ने भ्रम नहोस । 
सम्पूर्ण युवा साथीहरुलाई मेरो अनुरोध हामीले सोच परिवर्तन गर्न जरुरी छ । अल्प ज्ञान ढुलमुल प्रवृति हाम्रो समाजमा व्याप्त देखिन्छ । तिनै व्यक्तिहरु सकारात्मक भन्दा नकारात्मक कुरालाई जोड दिइरहेका हुन्छन । आफुले के काम गरे भन्दा पनि अरुले के गर्यो अथवा गरेन भन्ने कुरालाई जोड दिन्छन । आफु संग समाज परिवर्तनको लागि के योजना छ भन्दापनि त्यो संग के छ वा छैन भन्ने कुरालाई जोड दिन्छन् । संका र आलोचना गर्नुनै ठुलो काम सम्झन्छन् । यिनै कुराहरु नसुध्रिय सम्म हाम्रो समाज पछाडी धकेलिरहेको हुन्छ  ।
(नोट -जानाकारी नभएर  जापानमा रहनुभएका सम्पूर्ण बौद्धिक व्यक्तिहरु  नाम समेट्न सकिरहेको छैन क्षमा प्रार्थी छु । )
(लेखक -नेपाल जापान बिधार्थी समाजका अध्यक्ष हुन् )
 
Advertise -
यो भिडीयो पनि हेर्नुहोस ।

For Entertainment-



प्रतिक्रियाहरु