Email : info@totalnewssewa.com

बिम्स्टेक सम्मेलनको शुभारम्भ नेपाली भाषाबाट गरे प्रधानमन्त्री ओलीले

भदौ १४- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको एक प्रतिष्ठित होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको औपचारिक उद्घाटन गरे । पालै-पालो सबै देशका पाहुनालाई आसन ग्रहण गराईएपछि नेपाली राष्ट्रिय गान बज्यो । लगत्तै प्रधानमन्त्री केपीश शर्मा ओलीले सम्मेलनको शुभारम्भ गरे । उनले सम्मेलनमा सहभागि बिम्स्टेक राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखलाई नेपालीमा स्वागत गरे । सम्मेलनको सुरुवात उनले नेपाली भाषाबाटै गरेका हुन् । पछि, भने उनले अंग्रेजीमा बक्तव्यलाई अघि बढाए । अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनका लागि सबै देशका राष्ट्रध्यक्ष एवं सरकार प्रमुख काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चा विहिबार आए । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौँ आएका थिए । विदेश सचिवस्तरीय बैठक पछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तय गरेका छन् । सम्मेलन भोलि समाप्त हुनेछ । बिम्स्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको थियो । मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको छ । गरिबी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिइएको छ । विदेशमन्त्रीस्तरी बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिइसकेको छ । शिखर सम्मेलनमा यी सबै विषयमा छलफल हुनेछ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु