Email : info@totalnewssewa.com

१८ बुदे काठमाडौ घोषणापत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

भदौ १५- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि खाडीको प्रयास(बिमस्टेक)को काठमाडौमा सम्पन्न चौथो सिखर सम्मेलनले अझै प्रभावकारी र बलियो बिमस्टेक बनाउनेबारे बिभिन्न प्रतिवद्दता जनाएको छ । १८ बुदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्पन्न बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रबीच आपसी सम्पर्क र सहयोग विस्तारमा बिभिन्न योजना अघि सारेको परराष्ट्रमन्त्री युवराज ज्ञवालीले पत्रकार सम्मेलन गर्दे जानकारी दिनुभयो । सदस्य राष्ट्रबीचको सम्पर्क विस्तारलाई मूख्य प्राथमिकता दिएको यो सम्मेलनले यसका लागि बृहद गुरु योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता जनाएको उहाले बताउनुभयो । थाइल्याण्डको विशेष आग्रहमा एसियाली विकास बैंकले सडक, रेल, इन्टरनेट कनेक्टीभिटीको मास्टर प्लान बनाउँदै गरेको उल्लेख गर्दे ज्ञवालीले त्यही गुरु योजनालाई सबै देशका योजना आयोगले राष्ट्रिय योजनामा आबद्द गर्ने जिकिर गर्नुभयो । उहाले बिमस्टेकका निर्धारित क्षेत्र र त्यसको नेतृत्व गर्ने राष्ट्रले अझै प्रभावकारी जिम्मेबाररुपमा प्रस्तुत हुने सम्मेलनमा सहमति भएको पनि जानकारी दिनुभयो । निकट भविस्यमै रेल सडक विद्युत इन्टरनेटबाट कनेक्टीभिटी हुने भन्दै ज्ञवालीले अब बन्ने बिमस्टेक स्थाई समितिले यसबारे थप निर्णय लिदै जाने धारणा राख्नुभयो । मन्त्री ज्ञवालीका अनुसार बिमस्टेकका कामलाई शशक्त बनाउन बिमस्टेक कोषको स्थापना गर्ने सहमति पनि सम्मेलनले गरेको छ । यस्तो कोषमा सदस्य राष्ट्रले स्वैच्छिक रुपमा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । चौथो सिखर सम्मेलनले जलवायु परिवर्तनका गम्भिर असरहरु यो क्षेत्रले भोगिरहेको भन्दै त्यसको न्युनीकरणका लागि साझा पहल गर्ने प्रतिवद्धता जनाएको छ । बढी जोखीम र क्षति भोगेका राष्ट्रले बिभिन्न सहुलियत पाउने जानकारी ज्ञवालीले बताउनुभयो । क्षेत्रीय व्यापार सहजीकरणका लागि थप अध्ययन गर्ने तय सम्मेलनले गरेको छ । भूपरिबेस्टित मुलुकलाई पनि विशेष सहुलियत दिने विषयमा कुरा भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।



प्रतिक्रियाहरु