Email : info@totalnewssewa.com

दुर्घटना न्युनिकरण गर्न सडकमै रुद्री पुजा

भदौ १६- पछिल्लो समय बढ्दै गएको सडक दुर्घटना न्युनिकरणको लागि भन्दै रत्ननगरका स्थानीयले आज (शनिवार) सडकमै स्वस्ती शान्ति सहित रुद्री पुजा लगाएका छन । रत्ननगर–सौराहा सडक खण्ड अन्तर्गत पर्ने वडा नम्बर १ र ४ का स्थानीयले भक्तिनीबगैंचाको सडक किनारमा मण्डव बनाएर भगवना शिव,दुर्गा,महाकाली,महालक्ष्मी र महासरस्वतीको पुजा गरिएको पण्डित गोविन्दराज नेपालले बताए । नेपालका अनुसार देबी देवतालाई खुसी पार्न सकियो भने अनिष्ट हुनबाट रोक्न सकिन्छ भन्ने बैदिक सानातन धर्मको मान्यता अनुसार पुजा लगाईएको हो । चितवन सहित नेपालका सडकहरुमा दिनहुँ दुर्घटना भएर मान्छे मरिरहेका खबर आईरहेको बेला यहाँका स्थानीयले दुर्घटना निवारणको कामना गरी पुजा लगाएक स्थानीयले बताएका छन् । धर्मप्रति मान्छेको आस्था घट्दै गएको भएपनि पुजापाठ गरेर ग्रहदशा टार्न सकियो भने दुर्घटना न्यूनीकरण हुने सम्भावना रहेको उनको भनाई छ । पुजामा यात्रामा हिडेकाहरुको कल्याणको कामना समेत गरिएको छ । पुजामा माया गिरी,ठाकुरदास बैरागी,सागर पौडेल र कामनादेवी पौडेलले कर्ता बसेर पुजा गरेका थिए । पण्डितहरु नेपाल,दुर्गानाथ ढकाल र नन्दलाल आचार्यले पाठपारायण गरेका थिए । वडा नं ४ का वडा सदस्य प्रेम रेग्मी,गोविन्द प्रसाद रिजाल,गीतानाथ अधिकारी,देबी अधिकारी,विष्णु प्रसाद उपाध्याय लगायतको सक्रियतामा पुजा लगाइएको हो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु