Email : info@totalnewssewa.com

आफनो उडानले जनतालाई समस्या परेको भन्दै मन्त्रीद्वारा राजीनामा

जेठ १२– उच्च पदस्थ व्यक्तिहरुको हवाई उडानको कारण सर्वसाधारणले दुख पाउँने कुरा नेपालमा मात्र होईन अन्य देशमा पनि हुने गर्छ । तर हालै मेक्सिकोमा एक मन्त्रीको आफनो हवाई उडानको कारण अन्य उडान प्रभावित भएको भन्दै आलोचना भएपछि राजीनामा नै दिन बाध्य भएको खबर अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

 

      मेक्सिकोको वातावरणमन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले आफनो हवाई उडानको कारण पदबाट राजीनामा दिनु परेको छ । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा उनको उडानले अन्य व्यवसायीक उडानमा ढिलाई भएको भन्दै चर्काे आलोचना भएपछि उनले पदबाटै राजीनामा दिएकी हुन् ।

 

      मन्त्री मेनाले आफनो उडानले गर्दा अन्य विमानमा सवार यात्री र विमान चालकहरु समस्यामा परेको र गन्तव्यमा उड्नका लागि ढिलाई भएको भन्दै माफी पनि मागेकीछिन् । उक्त घटनापछि मेनाको चर्काे आलोचना भएको थियो । आलोचनकै बीच उनले जनतासंग माफी माग्दै पदबाट राजीनामा दिएकी हुन् ।

 

      मेनाको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत समेत गरिसकेका छन् । राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए ।

 

       यता राष्ट्रपति ओब्राडोरले भने आफु अघिका राष्ट्रपतिले प्रयोग गर्ने गरेका बिलासी जहाज प्रयोग नगरी आम नागरिकले झै हवाई उडानका लागि व्यवसायीक विमानमै सवार हुने गर्छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु