कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्षपछि सर्यो

चैत्र ११- जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद अन्ततः एक वर्ष पछि धकेलिएको छ । गृष्मकालीन ओलम्पिकका रुपमा परिचित यो खेललाई पनि कोरोना भाइरसले प्रभावित बनाएको छ ।

 

आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना गर्ने अडानमा रहेको जापान आफ्नो अडानबाट पछि हटेको छ । आजै जापानमा बसेको आयोजक समितिको विशेष बैठकले खेललाई एक वर्ष पछि सार्ने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण विश्वव्यापी फैलन थालेपछि आयोजकका रुपमा रहेको जापान र अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई खेलकुद प्रतियोगिता सार्न दवाव परेको थियो ।

 

यसैबीच विश्व भ्रमणमा रहेको ओलम्पिक टर्च भने जापानको टोकियो पुगेको छ । ओलम्पिकको उद्गम स्थल ग्रीसबाट शुक्रबार ओलम्पिक टर्च जापान पुगेको हो । ओलम्पिक टर्च हेर्न हजारौँ जापानी नागरिक सडकमा ओर्लिएका थिए ।



प्रतिक्रियाहरु