सोचौं सोचौं जस्तो लाग्छ-गृष्मा पौड्याल

     सोचौं सोचौं जस्तो लाग्छ-गृष्मा पौड्याल

 

खै पिर्कामा बसि एउटा कविता लेखौं लेखौं जस्तो लाग्छ ।

केहि नआउँदा दिमागमा कोरोनालाई नै कोसौं कोसौं जस्तो लाग्छ ।।

फेरि एकैछिन शान्त बनि अझै सोचौं सोचौं जस्तो लाग्छ ।

अझै पनि केहि लेख्न नसक्दा क़लमलाई नै अगेनोमा झोसौं झोसौं जस्तो लाग्छ ।।

 

यही बेलामा बैगुनी सरकारलाई सबै सम्पति पोसौं पोसौं जस्तो लाग्छ ।

तर दिनदुखिका कुरा सम्झि एकै छिन हात रोकौं रोकौं जस्तो लाग्छ ।।

यिनीहरूलाई नै सम्झि भ्रष्टाचारीको सम्पति खोसौं खोसौं जस्तो लाग्छ ।

सबै मिली डाकाँहरूको मुखमा अगुल्टो कोचौं कोचौं जस्तो लाग्छ ।।

 

अहिले नै उड़ि गई नैतिकताको पाठ पढाऔं पढाऔं जस्तो लाग्छ ।

यति भन्दा नि नटेरनेलाई  टँडिखेलमा लगि रूखमा झुन्ड्याँऊँ झुन्ड्याऊँ जस्तो लाग्छ ।।

विपदको बेला मौका उठाउँनेलाई दुबै हात काटौं काटौं जस्तो लाग्छ ।

यिनीहरूको गाँस खोसि निमुखाको पेट भरौं भरौं जस्तो लाग्छ ।।

 

फेरि एकान्तमा बस्दा आमा बुबालाई ढोगौं ढोगौं जस्तो लाग्छ ।

आफ्ना पनि छोरा छोरीलाई सम्झि एकैछिन बोकौं बोकौं जस्तो लाग्छ ।।

तर पापीहरूको मुखै देख्न नपरे नि हुनी जस्तो लाग्छ ।अनि एकै छिन बाल्यकालको सम्झनामा डुबौं डुबौं जस्तो लाग्छ ।। 

 

गृष्मा पौड्याल  

टोकियो,जापान



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु