Email : info@totalnewssewa.com

गैरआवासीय नेपाली संघको कोषाध्यक्षमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन नजिकिदै गर्दा आकांक्षीहरुले बिभिन्न पदकालागी उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । यसैक्रममा २०१९ देखी २०२१ सम्मको नेतृत्वको लागि हाल आईसिसी सदस्य  समेत रहनुभएका महेशकुमार श्रेष्ठले कोषाध्यक्षको लागी उम्मेदवारी दिनुहुँने भएको छ ।  बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किनुभएका  श्रेष्ठ एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।  

 

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षा हुँदै माबी सम्मको अध्ययन सकेका उँहा सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुनुहुन्छ । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका श्रेष्ठ    हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहनुभएको छ। 

जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, SBI CITY EXPRESS GLOBAL का निर्देशक समेत रहनुभएका श्रेष्ठ जेएनएन एग्रो कम्पनी का डाइरेक्टर पनि हुनुहुन्छ ।

 

यसैगरी नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, IT company, Export Import company, विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेका उहाँको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रियता रहेकोछ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत हुनुहुन्छ । 

 

एनआरएनभित्रका अनुभवी, इमान्दार र मेहनती छवि बनाउनुभएका श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्ने भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको बताउनुभयो । 

कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने भएकोले पनि आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल क्षेत्रमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको बताउनु हुन्छ ।  

 

स्पष्ट अवधारणा सहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएका श्रेष्ठले निर्वाचित भएपछी सर्बप्रथम गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र उक्त कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने योजना रहेको पनि बताउनुभएको छ ।

 

 

स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहनुभएको र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर काम गरिरहेको त्यसैगरी एनआरएनएको लगानीसम्बन्धी समितिमा रही २००९ सालदेखि सक्रिय योगदान दिइरहनुभएको छ । भने एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहनुभएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु