Email : info@totalnewssewa.com

वाग्लुङ समाज जापानले कराते खेलाडिलाई सम्मान सहित सहयाेग

 

टाेकियाे,जापान

२०-८-२०१९

बाग्लुङ समाज जापान ले नेपालबाट कराते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल भएका   कराते टोलीलाई टाेकियाेमा  सम्मान गरेकाे छ।

 

खेलाडिलाई खेलप्रति अझै प्राेत्साहन गर्ने उदेश्यले एक डिनर कार्यक्रमको आयोजना गर्दै  सम्मान गरिएकाे वाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारि दिनुभयाे।

खेलकुदकाे विकास र विस्तार तथा खेलकुद सामग्रि खरिदका लागि सम्मान स्वरूप तिस हजार नगद  प्रशिक्षक कृष्ण प्रसाद कंडेललाई हस्तान्तरण गरीएको थियो । 

 

जापानकाे अाेकिनावामा सम्पन्न भएकाे वल्ड च्यायाम्पीयन प्रतियोगितामा कराते टोलीले दुई रजत र दुई कांस्य गरि चार पदक प्राप्त गरेका थिए  ।

 सम्मान कार्यक्रममा वाेल्दै अध्यक्ष श्रेष्ठले खेलाडिहरु  देशकै शान भएकाेले खेल क्षेत्रमा अझ मेहनत गर्दै अनुशाशित भई राष्ट्रकाे शिर उच्च पार्न खेलाडिहरुलाई सफलताको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रम  समाजका सचिब राजु केसिले सञ्चालन गर्नुभएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु