जापानमा कोरोना संक्रमित सात नेपाली निको, बिशेष सतर्कता र सावधानी अपनाउन दुतावासको अनुरोध

टोकियो ,जापान ।  

नेपाली राजदूतावास जापानले जापानमा रहेका नेपालीहरूलाई कोरोनाबाट टाढा रहन सतर्कता र सावधानी अपनाउन बिशेष अनुरोध गरेको छ । जापान सरकारले कोभिड - १ ९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लगाएको संकटकालको अवधिमा नेपालीहरुले अपनाएको सतर्कता , सचेतता , सद्भाव अनि संयमताको प्रशंसा समेत गरेको छ। 

 

जापानभर दश जना नेपाली कोरोना संकलित भनिएतापनी दुतावासबाट पुष्टी भएका सात जना नेपाली कोरोना मुक्त भै घर फर्किएको पनी जानकारी गराईएको छ ।  

 

जापानमा कोरोना भाईरसको संक्रमण पूर्णरूपमा रोकथाम भएको नभई संक्रमितहरूको संख्यामा कमी मात्र आएको बताईएको छ ।  संकटकाल हटे सँगसँगै दैनिक जीवनमा क्रियाशीलता बढ्ने हुँदा संक्रमणबाट बच्नका लागि थप सावधानी , सजकता , सतर्कता , सचेतता  र संयमता अपनाउन अनुरोध गरिएको छ ।  

करिब एक लाखको हाराहारीमा रहेका नेपालीलाई सावधानी र सचेतिकरण गराउन भन्दै दुतावासले सार्वजकिक गरेको नौं बुँदे  यसप्रकार रहेका छन । 

 १ -कोभिड - १ ९ को संक्रमणका बारेमा जापान सरकारले बेलाबेलामा जारी गरेका सूचनाहरू , निर्देशनहरू तथा आदेशहरूको पालना गर्नुहुन । 

२- तीन C बाट टाढा रहनुहुन ( closed spaces with closed ventilation , crowded places , closed contact settings ) 

 

३ - नियमित रूपमा पानी पिउने , साबुन पानीले हात धुने , स्यानिटाइजरको प्रयोग गर्ने , अनावश्यक बाहिर हिंडडुल नगर्ने , घरबाट बाहिर जाँदा मास्क , पञ्जा आदिको प्रयोग गर्नुहुन । 

४ - यथाशक्य सार्वजनिक यातायाको प्रयोग नगर्ने । सिनेमा हल , थिएटर , क्लव , स्वीमिङपूल , फूटवलखेल आदि जस्ता भिडभाड हुने ठाउँहरूमा नजानु हुन । 

५ -जापानमा नेपालीहरूको ठूलो संख्या रेष्टुरेण्ट व्यावसायसँग आवद्द रहेको छ । त्यसैले रेस्टुरेन्ट सञ्चालकहरूले अनिवार्य रूपमा ग्राहकहरूलाई दूरी कायम हुने हिसाबले सेवा प्रदान गर्नुहुन र श्रमिकहरूलाई मास्क , पञ्जा , स्यानिटाइजर आदिजस्ता सुरक्षात्मक साधानहरूको प्रयोग गर्न लगाउनु हुन । 

 

६ - स्वास्थ्यमा समस्या देखिएमा आफ्नो क्षेत्रमा तोकिएको कल सेन्टरमा सम्पर्क गरी तोकिएको स्वास्थ्य संस्था वा अस्पताल जानुहुन । 

७ - सामाजिक सञ्जालमा आउने सूचना सबै सत्य हुँदैनन् । आधिकारिक निकायबाट जारी भएका सूचनाहरूबाट जानकारी लिनुहुन ।  

८ - शारीरिक व्यायाम तथा सन्तुलित भोजन गर्नुहुन , मानसिक तनावबाट टाढा रहनुहुन । 

९ - नेपालबाट चार्टर फ्लाइटमा आउनु भएका दिदीबहिनी एवं दाजुभाइहरूले १४ दिनसम्म अनिवार्य रूपमा Quarantine मा बस्नुहुन र उक्त अवधिभर कुनै किसिमको सार्वजनिक यातायात प्रयोग नगर्न तथा कोभिड - १ ९ बाट सुरक्षित रहने उपाए अवलम्बन गर्नुहुन ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु