टोकियोमा कोरोना भाईरस फैलने क्रम दैनिक बड्दै, शुक्रबार २४३ जना संक्रमित फेला

टोकियो जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरसको संक्रमण दरले हरेक दिन जस्तो नयाँ रेकर्ड कायम गरिरहेको छ ।  आज मध्यान्न २:३० बजे सार्वजनिक भएको डाटा संख्या अनुसार संक्रमण फैलिन सुरु गरे यताकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन ।जुलाई १० तारिख शुक्रबार २ सय ४३ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ ।  

 

टोकियोमा अहिले सम्म संकलित संख्या ७ हजार ५ सय १५ पुगेको छ भने    ५ हजार ९ सय ७९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय २५  जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी केहीदिन यता दैनिक एक सय भन्दा बढी संक्रमित देखिएका छन ।  बिहीवार हिजो २ सय २४ जनामा संक्रमण पुष्टी भएको थियो ।  

 

बिहिबार सम्ममा जापानभर २० हजार भन्दा बढीमा संक्रमण      फैलिएको तथा  एक हजार जना जतिले कोरोनाकै कारण मृत्‍युवरण गरिसकेका छन ।  



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु