टोकियोमा बिहीवार कोरोना संक्रमितको संख्या अहिले सम्मकै अधिक , ३ सय ६७ जनामा संक्रमण पुष्टी

टोकियो ,जापान ।  

राजाधानी टोकियोमा कोरोना भाईरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरिरहेको छ ।  बिहीवार टोकियोमा तीन सय बढीमा कोरोना पोजेटिभ देखिएको टोकियो महानगर सरकारले जनाएको छ । आज मध्यान्न सम्ममा ३ सय ६७ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ । यो संख्या अहिले सम्मको सबैभन्दा अधिक संख्या हो । 

जुलाई २३ तारिखमा ३ सय ६६  पुगेर अधिक संख्या कायम भएकोमा आज बढेर यो संख्याले नयाँ रेकर्ड् राखेको छ ।  तीन सय संख्या नाघेको आज दोश्रो पटक हो ।  

टोकियोमा अहिले सम्म संकलित संख्या १२ हजार २ सय २८ पुगेको छ भने हिजो सम्ममा ९ हजार १ सय ९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय २९ जनाको मृत्यु भइसकेको छ । टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी जुन महिनाबाट क्रमिक रुपमा दैनिक संक्रमितको संख्या बढीरहेको  छ । 

हिजो सम्ममा जापानभर ३३ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा २३ हजार ५ सय ७ जना डिस्चार्ज भैसकेका छन भने संक्रमित मध्य १ हजार ६ जनाको मृत्‍यु भएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु