टोकियोमा शुक्रबार कोरोना संक्रमित ४६२ जना पुग्दा संक्रमित संख्या पन्ध्र हजार नाघ्यो

टोकियो, जापान

हरेक दिन टोकियोमा कोरोना संक्रमितको संख्या तलमाथि भैरहदा आज अगष्ट ७ तारिख शुक्रबार चार सय बढीमा कोरोना पोजेटिभ देखिएको टोकियो महानगर सरकारले जनाएको छ । आज मध्यान्न ३ बाजेसम्ममा ४ सय ६२ जनामा संक्रमण पुष्टी भएको एनएचके अनलाइनले खबर प्रकाशन गरेको छ ।

एकैदिन चार सय भन्दा बढीमा संक्रमण पुष्टी भएको आज तेश्रो दिन हो । टोकियोमा अहिले सम्म संकलित संख्या १५ हजार १ सय ७ पुगेको छ भने हिजो सम्ममा ११ हजार ७ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् त्यस्तै ३ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

टोकियोमा मे महिनाको अन्तिम सातातिर संक्रमणदरमा केही कमी देखिएपनी जुन महिनाबाट क्रमिक रुपमा दैनिक संक्रमितको संख्या बढीरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु