कोरोना संक्रमित युवती सवार कतार एयरवेजबाट आउनेले यी नम्बरमा फोन गर्नु : स्वास्थ्य मन्त्रालय

चैत्र ११- काठमाडौँ ओर्लिएकी एक किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उनी आएको हवाईजहाजमा यात्रा गरेका अन्य यात्रुको समेत खोजी गरेको छ ।

 

स्वास्थ्य मन्त्रालयले ४ चैतमा कतारबाट काठमाडौँका लागि उडेको विमान कतार एयरवेजको फ्लाइट – क्यूआर ६५२ रहेको जनाएको छ । सो विमानमा २०५ जना यात्रु भएको समेत स्पष्ट पारेको छ ।

 

स्वास्थ्य मन्त्रालयले त्यस दिन सो फ्लाइटबाट आएकाहरुले हटलाईन नम्बर ९८५१२३३८३९, ९८५१२३३८३४ र ९८५१२३३८३७ मा सम्पर्क गरेर जानकारी लिन वा दिन अनुरोध गरेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु