सामाजिक दूरी कायम गराउन ग्राहक गोलाेघेरामा

चैत्र १२- सामाजिक दूरी कायम गराउन ग्राहक गोलाेघेरामा

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउन घोषणा गरेपछि विभिन्‍न ग्रोसेरी सञ्‍चालकहरुलाई चुनौती थपिएको छ । 

 

प्रधानमन्त्री मोदीले मंगलबार साँझ भारतीयहरुलाई घरबाहिर ननिस्किन, भिडभाड नगर्न निर्देशन दिएपछि मानिसहरु नजिकको ग्रोसेरीमा धाउन थालेका छन् ।

त्यहाँ भिडभाड हुने भएकाले ग्रोसेरी सञ्‍चालकहरुलाई कोरोना संक्रमणको जोखिम बढ्‍नसक्ने र सामुदायिक संक्रमण बढ्नसक्न‍े चुनौती थपिएको थियो । 

 

तर, ग्राहकका लागि सामाजिक दूरी कायम गराउन नयाँ उपाय अपनाइएको छ ।

 

पसलअघि भिड नहोस भन्‍नका लागि केही दूरीमा सानो-सानो गोलोघेराहरु बनाएका छन् । ग्राहकहरुले ती गोलाेघेरामा उभिएर लाइनमा बस्‍नुपर्छ । 

 

३८ जना कोरोना संक्रमित भेटिएको पश्चिम भारतको गुजरातमा यस्तो तस्बिर देख्‍न सकिन्छ । गुजरातको भवनगर क्षेत्रमा प्रहरीले नै यस्तो घेरा बनाइदिएको हो । - बीबीसी



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु