नेपालमा थप तीनजनामा कोरोना संक्रमण

चैत्र २२- नेपालमा थप तीनजनाका कोरोना भाइरस संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरमा थप तीनजना काेराेना संक्रमित भेटिएका हुन ।

संक्रमित मध्ये २ जना विदेशबाट नेपाल फर्किएका हुन । एक जना महिला भने धनगढीका संक्रमित युवाका आफन्त हुन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारी अनुसार संक्रमित तीनै सुदुरपश्चिम प्रदेशका हुन । 

 

 

 

 

मन्त्रलयले फेसबुक मार्फत दिएको जानकारी अनुसार भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा संक्रमण देखिएको हो । 

महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ।

यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् । पाँचजना उपचार गराइरहेका छन् ।

कैलाली कंचनपुर र बाग्लुङ्गमा कोरोना भाइरसको संक्रमण भेटिय संगै जोखिम घटाउन -सरकारको धारणा।#covid19#



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु