कोरोना भाइरसका कारण जापानका ७ प्रान्तमा संकटकाल घोषणा हुँदै

टोकियो ,जापान ।  

जापानले कोरोना भाइरस ‘कोभिड १९’ को खतरा मध्यनजर गर्दै संकटकाल घोषणा गर्ने भएको छ।

 

मंगलबारदेखि एक महिनासम्म लागू हुनेगरी जापानले संकटकाल घोषणा गर्ने तयारी गरेको जनाईएको छ।

प्रधानमन्त्री शिन्जो आबेले मंगलबार घोषणा गर्ने संकटकाल मे ६ तारिख सम्म रहने बताईएको छ ।  

देशमा संकटकाल घोषणा भएपनि आवश्यक आर्थिक गतिविधि’ सन्चालन हुने जनाइएको छ। सुपरमार्केट खुल्नेछन्।

 

संकटकाल टोकियो, खानागावा, साइतामा , चिबा, ओसाका, ह्योगो र फुकुओकामा लाग्ने सरकारी अधिकारीले बताएका छन्।

 

संकटकाल घोषणा भएपछि प्रान्तिय सरकारले  जनतालाई घरमै बस्न तथा अन्य सुविधाहरू बन्द गर्न अनुरोध गर्नेछन् ।  

 

संकटकालले निम्त्यिाउने आर्थिक मन्दिसँग जुध्न सरकारले ९ सय ८९ अर्ब अमेरिकी डलरको राहत प्याकेज पनि घोषणा हुने उल्लेख गरिएको छ।

 

सोमवार साँझसम्ममा जापानमा योकोहामाको तटमा रहेको पानीजहाजका यात्रु समेत गरेर ४ हजार ५ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने १०६ जनाको मृत्यु भइसकेको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु