आज अरु दिनको तुलनामा कम एक सय आठ संक्रमित थपिए ,कुल संक्रमित १६ हजार ५ सय ३१ पुगे

असार २५- नेपालमा आज थप १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप १०८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

 

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १६ हजार ५३१ पुगेको छ ।

 

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु