नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ हजार नाघ्यो ,कुल संक्रमित १६ हजार ६ सय ४९ पुगे

असार २६- नेपालमा आज २४ घण्टामा १ सय १८ संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा ४ हजार बढीमा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

यो सगैँ देशकर कुल १६ हजार ६ सय ४९ पुगेको छ । उपत्यकामा निरन्तर कोरोना संक्रमित बढ्दो छ ।

 

कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ । आज कोरोना जीतेर एक सय २० जना घर फर्किएका छन् । योसँगै  डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु