नेपालमा कोरोना संक्रमितकाे संख्या १९ हजार नाघ्यो,कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

साउन १३- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १९ हजार नाघेकाे छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार आज थप ३११ जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।

 

विभिन्न २७ प्रयोगशालामा ४ हजार ३२ जनामा गरिएको परीक्षणमा थप जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १९ हजार ६३ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ५ हजार १३९ रहेकाे छ ।

 

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

भने कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मंगबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता गौतमले बझाङका ६५ वर्षीय पुरुषकाे ज्यान गएको जानकारी दिए ।

 

९ साउनमा मृत्यु भएका उनमा आज संक्रमण पुष्टि भएको हो ।

 

बझाङको बुंगल-३ का उनको घरमै मृत्यु भएको हो ।

 

गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए ।

 

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ४९ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु