नेपालमा आईतवार १११ जना कोरोना संक्रमण मुक्त हुँदा २४६ जना संक्रमित थपिए

साउन १८- नेपालमा बितेको २४ घण्टामा थप १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाको संख्या १४ हजार ६ सय ३ जना रहेका छन् ।

 

कुल संक्रमित मध्ये ७१.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

 

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

 

नेपालमा पछिल्लो २४ घण्टायता कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

 

पर्साको वीरगञ्ज महानगरपालिका—१६ की ६८ वर्षीया वृद्धाको १७ साउनमा कोरोनाबाट मृत्यु भएको हो ।

 

ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. गौतमले बताए ।

 

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ साउनमा नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो ।

 

मधुमेह र उच्च रक्तचापको १६ साउनमा ती वृद्धामा कोरोना पोजेटिभ देखिएको थियो ।

 

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ५७ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु