नेपाली राजदूतावास जापानका नवनियुक्त उपनियोग प्रमुख कोरोना संक्रमित

साउन २१۔ जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ । चार बर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता विमानस्थलमा भएको कोभिड १९ परीक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो । मंगलबार चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख अम्बिका प्रसाद जोशी कोरोना भाइरस संक्रमित भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरुले उनलाई विमानस्थलबाटै उपचारको लागि लगेको बताइएको छ । नेपाली राजदूतावास जापान श्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो । परिवारसहित जापान आईपुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाईएको हो । कोरोना संक्रमण पुष्टि भएपछि हाल जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भईरहेको छ । जोशीसँगैको उडानमा २८ जना नेपालीहरु जापान उडेका थिए भने जापानबाट २ सय ६८ जना नेपाली सोही बिमानमा नेपाल फर्किएका छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु