नेपालमा आज थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

साउन २१- नेपालमा आज थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ३८१ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको छ ।

विभिन्न प्रयोगशालामा ६ हजार ३५९ जनामा गरिएको परीक्षणमा थप ३८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

यससँगै काेराेना संक्रमितकाे संख्या २१ हजार ३९० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितकाे संख्या ६ हजार १७४ रहेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १५६ पुगेकाे छ । पछिल्लो २४ घण्टामा थप १३० जना कोरोनालाई जितेर घर फर्किएका छन् । 

यसैगरी बुधबार थप २ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ६० पुगेकाे छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु