देशभर आज बिहिबार ३ सय ६० कोरोना संक्रमित थपिए

साउन २२- देशभर निरन्तर कोरोना संक्रमण बृद्धि भईरहेको छ । आज देशभरका २७ वटा ल्यावमा गरिएको परीक्षणमा ३ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ३८९ पुगेको छ।

कोरोनाबाट बिहीबार थप ५ जनाकाे ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु