नेपालमा शुक्रबार सम्ममा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

असोज ९-  कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या ७० हजार नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १३ सय १३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको हो ।

 

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ जनाको परीक्षणमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

 

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।

 

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ सय ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

आज थप ६ जनाको मृत्यु भएसँगै नेपालमा काेरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४५९ पुगेकाे छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु