जापानबाट पर्वतको मुडिकुवाका पहिरो पीडितलाइ आर्थिक सहयोग

रोजगार, व्यवसाय तथा विद्यार्थीको रुपमा जापान पुगेका पर्वतका युवाहरुको सक्रियतामा पर्वतको मुडिकुवाका पहिलो पिडितलाई आर्थिक सहयोग गरेका छन् ।

गत भदौ २८ गते राती अविरल बर्षासँगै आएको बाढिले बगाएर ज्यान गुमाएकी निजिकता विकको परिवार र घर गोठमा भौतिक क्षति भएका फलेवास नगरपालिका ४ मुडिकुवाका पीडितलाइ आर्थिक सहयोग गरेका हुन् । फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलका छोरा विष्णु प्रसाद गौडेलको विषेश पहलामा पर्वत तथा बाग्लुङ घर भएका ३१ जना युवाहरुबाट संकलित कुल जापानिज १ लाख २१ हजार ९ सय १२ येनको सटही नेपाली रुपैयाँ १ लाख ३३ हजार २ सय ३७ रुपैँया बाढी पहिरो पीडितलाइ सोमवार एक कार्यक्रमका बीच वितरण गरिएको छ ।

सहयोग हस्तान्तरणका अवसरमा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले वैदेशिक रोजगारीमा गएर पसिनासँंग साटेको रकम पीडितको पीडामा महल्म लगाउन सहयोग गरेको मा युवाहरुको प्रसंसा गर्नुभएको छ । उहाँले पछिल्लो समय मानिसहरुमा सहयोगी भावनामा कमी देखिएको भन्दै आफ्ना छिमेकीलाइ अफ्ट्यारो पर्दा पहिले छिमेकी नै पुग्नुपर्ने बताउनुभयो । बोल्दै शर्माले विज्ञान र प्रविधिले फड्को मार्दै गएपनि मानिसहरुको सोच परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले बस्ती बसाल्न हुुने र नहुने ठाउँको पहिचान गरिसकेकाले अब प्रक्रिया अघि बढ्ने जिकिर गर्नुभयो ।

 

 

कार्यक्रममा मुडिकुवाका वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता टिकाराम गौडेलले संकलित रकमले विपन्नको हातमुख जोर्न सजिलो होस भनेर नगरपालिकाले संकलन गरेको क्षतिको आधारमा राहत वितरण गरिएको बताउनुभयो । राहत रकम घरवार र आफन्तहरु गुमाएका ६ जनाको परिवारलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय जयनारायण भुसाल, इन्द्रजित विक, राम प्रसाद तिवारी, दुर्गा प्रसाद तिवारी, नविन विक र इन्द्र प्रसाद सापकोटालाइ रकम वितरण वितरण गरिएको थियो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य देवेन्द्र पाण्डे, नेपाली कांग्रेस जिल्ला कार्यसमीति सदस्य देविप्रसाद विलासी, नेकपा वडा कमीटि संयोजक नरनाथ सापकोटा, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य लिलाधर गौडेल, राहत संकलन गर्ने युवा जगदीश रेग्मीका बुवा धनेश्वर रेग्मी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लिलाधर गैडेलले गर्नुभएको थियो भने संचालन माटेदेवल जनसहयोगी प्राविधिक शिक्षालयका शिक्षक उपेन्द्र तिवारीले गर्नुभएको थियो ।

सहयोगीहरुको बिवरण निम्नानुसार रहेको छ ।

 

१.विष्णु प्र.गौडेल ,मुडिकुवा~ ५०००¥

२. उत्तम गौडेल,देवीस्थान ~ ३०००¥ 

३.विष्णु सापकोटा,मालिका, बागलुङ~३०००¥

४.राजु गौडेल , देविस्थान~३०००¥ 

५.रमेश गौडेल, देवीस्थान~३०००¥ 

६.अर्जुन थापा,शंकरपोखरी~३०००¥

७.गुरु प्र.सापकोटा, मालिका,बागलुङ~५५००¥  

८.इन्द्र प्र.तिवारी,देवीस्थान~३०००¥ 

९.नवीन सापकोटा, दमेक,बागलुङ~५५००¥  

१०.कृष्ण गौडेल, मुडिकुवा~१०१००¥ 

११.कृष्ण मैनाली~ ५०००¥

१२. सुबास गौडेल,मुडिकुवा~५०००¥ 

१३.जगदिश+संगीता रेग्मी,मुडिकुवा~१०१०१¥  

१४.पूर्ण ब.कार्की,शंकरपोखरी~ १०५००¥ 

१५.कृष्ण भुसाल,देवीस्थान~ ३०००¥

१६. बिकास गौडेल,मुडिकुवा~३०००¥ 

१७.अर्जुन लम्साल,मुडिकुवा~ ५०००¥

१८.चन्द्र प्र.सापकोटा,मालिका~२०००¥

१९. चन्द्रप्रसाद भुसाल,देविस्थान २०००¥ 

२०.प्रताप घिमिरे,मुडिकुवा~५०००

२१.हिरा प्र.कँडेल,लेखानी, बागलुङ ~२०००¥

२२. अजय घिमिरे, मुडिकुवा~३१००¥ 

२३.समिरा नेपाल,भक्तपुर~३०००¥ 

२४.शिव सापकोटा,मालिका, बागलुङ~२०००¥ 

२५.तारा भुषाल कँडेल, विहुँ बागलुङ~२१११¥

२६.रमेश भुसाल,देवीस्थान~२०००¥

२७.चन्द्र सापकोटा"B",मालिका, बागलुङ~१०००¥

२८.राजु गौतम,गैंडाकोट, नवलपरासी~२०००¥

२९. रामु सापकोटा,मालिका, बागलुङ~२०००¥  

३०. इश्वर रेग्मी जलजला लेखफाट ~३०००¥ 

३१. सुमन भुसाल’ सोनु’ पाङराङ~५०००¥ 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु