शुल्क तिरेर दुई लाख बढीले गरे कोरोना परीक्षण

दुई लाख बढी व्यक्तिले शुल्क तिरेर कोरोना भाइरसको परीक्षण गराएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हालसम्म दुई लाख ३१ हजार ४ सय ५ जना व्यक्तिले शुल्क तिरेर परीक्षण गरेको जानकारी गराएका हुन्।

हालसम्म कुल परीक्षण गर्नेको संख्या भने १३ लाख १४ हजार ७ सय ७९ पुगेको छ।मन्त्रालयका अनुसार अहिले देशभर ४१ वटा सरकारी र २१ वटा निजी प्रयोगशालाहरूले कोरोनाको पिसिआर परीक्षण गर्दै आएका छन्।

सरकारले सुरूमा सरकारी प्रयोगशालाहरूले मात्र परीक्षण गर्ने भने पनि पछि परीक्षणको चाप धान्न नसकेपछि निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिएको थियो।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु