नेपालमा बिहीबार सम्ममा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो

कार्तिक ६- नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या १ लाख नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै नेपालमा संक्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।

 

आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५ सय९ पुगेको छ । यस संगै सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु