शुक्रबार एकैदिन थप ४४ सय ९९ जनामा कोरोना संक्रमण, थप १७ जनाको संक्रमणबाट मृत्यु

कार्तिक ७- नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरण अनुसार आज ४४ सय ९९ जनामा देशभरमा संक्रमित थपिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

 

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु