जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ५७पुग्यो ,प्रधानमन्त्रीको विदेश भ्रमण स्थगन

असार २६- जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अझै धेरै भन्दा बढी मानिस हराइरहेका छन् । ७० हजार भन्दा बढी उद्धारकर्मीहरुले माटो र भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । नदीहरुमा पानीको सतह बढेपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गत बिहिवार यता पश्चिमी जापानमा परेको पानी पूरै जुलाई महिनामा पर्ने पानी भन्दा पनि तिन गुणा बढी परेको छ । मौसमविद्हरुले यस किसिमको भारी वर्षाको अनुभव कहिल्यै नगरेको बताएका छन् । बाढी प्रभावित क्षेत्रहरुमा अझै केही दिन भारी वर्षा हुने बताइएको छ । यसैबीच जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन्। बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्टको भ्रमण गर्ने तयारी आबेको थियो। जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका छन्।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु