मनकारी अमिताभ बच्चन, तिरिदिए २१ सय किसानको ऋण

जेठ ३१- विश्वचर्चित भारतीय अभिनेता अभिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिएका छन् । बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेका बिहारका २१ सय किसानको ऋण तिरिदिएका हुन् ।

 

      आफ्नो व्लग मार्फत उनले जनतासँग गरेको बाचा पुरा गरेको बताएका हुन् । ‘जुन वाचा गरेको थिएँ, त्यसलाई पूरा गरेको छु।’ उनले भनेका छन् ‘ बिहारका जुन किसानमाथि लोन थियो, ती मध्ये २१ सय किसानको लोन चुक्ता भएको छ ।’

 

      लोनको रकम वन टाइम सेटलमेन्टको माध्यमबाट चुक्ता गरिएको उनले बताएका छन् । अमिताभले यस अघि पनि विपन्न किसानको ऋण तिरिदिएका थिए ।

 

      गत वर्ष उनले उत्तर प्रदेशका एक हजार भन्दा बढी किसानको ऋण तिरिदिएका थिए। अमिताभले ऋणा चुक्ता गरिएका मध्ये केहीलाई आफ्नो निवास जनक बंगलामा बोलाएर श्रीमती श्वेता र छाेरा अभिषेक बच्चनकाे हातबाट ऋण चुक्ता भएकाे कागज हस्तान्तरण गरेका थिए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु