ट्रम्पमाथि फेरी पनि बलात्कारको आरोप

असार ७ – यौन सम्बन्धको बारेमा बेला बेलामा आलोचना र बिवादमा आउने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी पनि बलात्कारको आरोप लागेको छ । चर्चित लेखिका ई। जीन क्यारोलले सार्वजनिक गरेको नयाँ पुस्तकमा उनले ट्रम्पले आफुलाई बलात्कार गरेको उल्लेख गरेकीछिन् । क्यारोलले उक्त पुस्तकमा सन् १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा ट्रम्पले आफुलाई बलात्कार गरेको आरोप लगाएकीछिन् । उनले सो पुस्तकमा त्यतीबेला ट्रम्पको हर्कतपछि प्रहरीमा उजुरी दिन चाहेको तर एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएपछि उजुरी नदिएको उल्लेख गरेकीछिन् । क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्।

उनका अनुसार त्यसबेला ट्रम्पले आफु एक युवतीको लागि उपहार किन्न आएको बताएका थिए। उनले ट्रम्पले आफुलाई टेलिभिजनमा देखेको बताएको र उनीहरुले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन्।उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफु बलात्कृत भएको बताएकीछिन् । क्यारोलले आफूले सो घटना दुईजना साथीहरुलाई सुनाएको र एकजनाले प्रहरीमा जान सुझाव दिएको बताएकी छन्। तर अर्काे साथीले मुद्धा जित्न नसकिने भनेपछि ट्रम्पबिरुद्ध उजुरी नदिएको उनले उल्लेख गरेकीछिन् ।

साथै क्यारोलले आफनो पुस्तकमा ट्रम्प नै त्यस्तो गर्ने अन्तिम पुरुष भएको र बलात्कृत भएपछि आफुले कहिल्यै कसैसंग यौन सम्पर्क समेत नराखेको दाबी गर्दै आफनो पुस्तक टुङगाएकीछिन् । यता ट्रम्पले भने आफुमाथि लागेको बलात्कारको आरोप झुठो भएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्यारोललाई जीवनमै कहिल्यै नभेटेको उल्लेख गरेका छन् । उनले भनेका छन् “उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन्  । यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ। यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ”।

क्यारोलको उक्त भनाईलाई न्युयोर्क म्यागजिनले समाचार बनाएपछि आक्रोसित हुँदै ट्रम्पले प्रमाण बिना समाचार बनाएको बताएका छन् । उनले भनेका छन् “कुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरुका लागि दुखद कुरा हो।” त्यसोत ट्रम्पमाथि बलात्कारको आरोप लागेको पहिलो पटक भने होईन । उनलाई यसअघि पनि एक दर्जनभन्दा बढि महिलाहरुले बलात्कारको आरोप लगाईसकेका छन् । बीबीसीको सहयोगमा



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु