न्यायको लागि ओँठ सिलाएर बिरोध प्रर्दशन

असार १९- अफगानिस्तानमा महिला उम्मेद्वारहरुले ओँठ नै सिएर बिरोध प्रर्दशन गरेका छन् । गएको बर्ष चुनावमा भएको चुनावमा धाँधली भएको भन्दै आन्दोलन गरिरहेका महिलाहरुले राष्ट्रपति भवन अगाडी ओँठ नै सिएर बिरोध प्रर्दशन गरेका हुन् । अफगानिस्ताको धेरै प्रान्तहरुमा आन्दोलन रत महिला उम्मेद््वारहरु संसदीय चुनावमा पराजित भएका थिए । पराजित भएका ५ महिलाहरुले चुनावमा भएको धाँधलीमा कुनै अनुसन्धान नगरेको भन्दै ओँठ सिउन बाध्य भएको बताएका छन् । उनीहरुले सरकार लाटो र बहिरो भएको कारण आफुहरुले बाध्य भएर यस्तो गर्नु परेको बताएका छन् ।

करिब ३ महिनादेखि प्रर्दशन गरिरहेका उनीहरुले चुनावमा पैसा खुवाएर चुनावमा धाँधली गरी आफुहरुलाई पराजित गराएको उनीहरुको आरोप छ । प्रर्दशनमा लागेकामध्य नयाजीले बीबीसीसंग भने हामी अफगानी महिलाहरु पछिल्लो ३ महिनादेखि धर्ना र आन्दोलन गरिरहेका छौँ तर राष्ट्रपतिसंग ३ मिनेटको समय पनि छैन की उहाँले हाम्रो माग सुनोस । उनीहरुले नमरुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् । राष्ट्रपतिले समेत कुनै चासो नदेखिएपछि मंगलबार उनीहरुले धर्नास्थलमा नै डाक्टरलाई बोलाएर ओँठ सिलाएका हुन् ।

ओँठ सिलाएपछि उनीहरु यतिबेला भोक हड्तालमा उत्रिएका छन् । उनीहरुले आफुहरुको माग पुरा गर्न सरकराले आफुहरुले लगाएको आरोपमाथि छानबनि गर्न बिषेश कमिटी गठन गर्न भनेका छन् । धर्नामा बसिरहेका उनीहरुले विभिन्न तरिकाले बिरोध प्रर्दशन गरिरहेका थिए । गएको इदमा महिलाहरुले कफन (कात्रो) ओढेर बिरोध प्रर्दशन गरेका थिए । यता सरकारले भने चुनाव निश्पक्ष ढंगले सम्पन्न भएको भन्दै उनीहरुको आरोपलाई खारेज गरेको छ । -एजेन्सीको सहयोगमा



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु