लकडाउन अवज्ञा गर्दै इस्लामिक नेताको शोकसभामा एक लाख बढी सहभागी

बैशाख ८- बङ्गलादेशमा कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै इस्लामिक नेताको शोकसभामा एक लाख बढी सहभागी भएका छन् ।

 

बङ्गलादेशी अधिकारीले जनाए अनुसार त्यहाँको ब्रम्हनबारिया जिल्लामा शनिबार मौलाना जुबेर अहमद अन्सारीको अन्त्येष्टि सभामा एक लाख बढीको संख्यामा मानिसहरु सहभागी भएका थिए । देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ ५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा भएको त्यहाँला प्रहरी प्रवक्ताले जनाएका हुन् ।

 

मौलानाको शोकसभामा भाग लिन हजारौं मानिस एक साथ सडकमा उत्रँदा प्रहरीले भीडलाई नियन्त्रणमा लिन असफल भएको जनाइएको छ । घटना पछि त्यहाँका प्रहरी इन्चार्जलाई हटाइएको र घटनाको छानबिन गर्न आयोगसमेत गठन भएको पनि जनाइएको छ । यस अघि भारतमा मुस्लिम समूह तबलिगी जमातको यस्तै एक भेलाबाट भारतमा थुप्रै मानिसमा कोरोना संक्रमण फैलिएको थियो ।

 

बङ्गलादेशमा हालसम्म २४ सय ५६ जनामा संक्रमण देखिँदा ९१ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु