मेस्सीलाई फेरी पनि गोल्डेन बुट

जेठ ११ – फुटबल जगतमा विश्वकै चर्चित खेलाडी लियोनल मेस्सीले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्ट्राइकर समेत रहेका उनले युरोपियन लिगको यस सिजनमा सवार्धिक गोल गर्दै गोल्डेन बुटको अवार्ड जितेका हुन् ।

 

        मेस्सीले यस सिजनमा मात्र ३६ गोल गरेका थिए । यस पटक पनि गोल्डेन बुट जितेका मेस्सी लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेर रेकर्ड नै राखेका हुन् । मेस्सीले छैटौँ पटक गोल्डेन बुट जितेका हुन् । स्पेनिस ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको भने यो ११ औँ पटक हो ।

 

       उनीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । जसले चार पटक गोल्डेन बुट जितिसकेका छन् । गोल्डेन बुट जित्न उनले अर्का चर्चित खेलाडी रिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पारे । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरेका थिए ।

 

       मेस्सीले गत सिजन ३४ गोल गरेका थिए र दोस्रो सिजन गोल्डेन बुट अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९/१० मा ३४ गोल, २०११/ १२ मा ५०, २०१२/ १३ मा ४६ र २०१६/ १७ मा ३७ गोल गर्दै गोल्डेन बुटको अवार्ड जितेका थिए ।



प्रतिक्रियाहरु