Email : info@totalnewssewa.com

आईसीसी बैठक : क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

साउन ३- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ । बिहिबार इंग्ल्याण्डको लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन यथावत राख्दै जिम्बावेमाथि प्रतिबन्ध लगाएकाे छ ।

आईसीसीले तीन वर्ष अघि नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएकाे थियाे । पछिल्लाे समय भएका छलफलका प्रयासहरू सकारात्मक भएपछि आईसीसीले क्यानमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने अपेक्षा गरिएकाे थियाे । तर लण्डनको बैठकमा क्यान निलम्बन फुकुवा बारे छलफल नै भएन् ।

आईसीसीले राजनितिक हस्तक्षेप भएको दाबि गर्दै जिम्बावेमाथि प्रतिबन्ध लगाएको छ ।  जिम्बावे क्रिकेट बोर्डमा सरकारबाट हस्तक्षेप भएको दाबि आईसीसीकाे छ ।

आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध गरेपनि नेपाली क्रिकेटलाई सहयोग गरिरहेको छ । क्यानमा राजनीतिक हस्तक्षेप भएपछि आईसीसीले २०७३ सालमा नेपाललाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवाका विषयमा पटक पटक छलफल भएपनि बिहिबार बसेको बोर्ड बैठकमा औपचारिक छलफल नै भएन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु