राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० सुरु

नेपाल भलिबल संघको आयोजनामा पाँचौ राष्ट्रिय बाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० शुक्रबारबाट सुरु भएको छ ।

च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले भलिबल सर्भिस गरेर उद्घाटन गरेका थिए ।

दशरथ रङ्गशाला कभर्डहलमा सुरु भएको च्याम्पियनसिपको पहिलो खेलको पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले पहिलो जित निकालेका छन् ।

ग्रुप ए को पहिलो खेलमा टिएसीले आरजी भलिबल ग्रुपलाई ३ – ० को सेटमा पराजित गर्यो । पहिलो सेटमा २५–९ ले जित निकालेको टिएसीले दोश्रोमा २५–१६ र तेश्रो सेटमा २५–९ ले पराजित गर्दै अंक जोड्न सफल भयो । 

यस्तै ग्रुप बीको दोश्रो खेलमा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा पराजित गर्न सफल भयो । तीन अंक जोड्ने क्रममा एपिएफ पहिलो सेटमा बिआरसी संग २३–२५ले पछि पर्यो । तर दोश्रो सेटमा २५–१३, तेश्रोमा २५–२० र चौथोमा २५–१८ को जित निल्दै अगाडी बढ्यो ।

महिला तर्फ ग्रुुप ए को पहिलो खेलमा न्यू डायमन्डले कठिन जित निकाल्यो । पुलिस संग पहिलो सेटमा १७ – २५ ले पछाडी परेको डायमन्ड दोश्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो ।



प्रतिक्रियाहरु