नुवाकोटमा ५१ हल गोरु जुधाइँदै , यस्तो छ ऐतिहासिक महत्व

माघ १- माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५१ हल गोरु जुधाउन लागिएको छ। विशेषगरी जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यसवर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा पनि गोरु जुधाउन लागिएको छ । ‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु जुधाउन लागिएको छ। मेला सञ्चालन गर्नको लागि गर्नुपर्ने सबै तयारी पूरा भइसकेको आयोजकले जनाएका छन् । बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन् । बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावलीगाउँ तारुका आउँदा उनलाई मनोरञ्जन दिन जुधाइएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिँदै अहिले संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएका छन्। यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० (नुवाकोट र रसुवाको संगम स्थल) बेत्रावतीमा ८ हल गोरु जुधाउन लागिएको छ । विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ। यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ (पिपलडाडा) मा ८ हल गोरु जुधाइने भएको छ। परापूर्वकालदेखि चल्दै आएको गोरु जुधाई मेलालाई निरन्तरता दिन हरेक वर्षको माघ १ गते २०७२ सालदेखि गोरु जुधाई प्रतियोगिता नवप्रतिभा युवा समूहले आयोजना गर्दै आएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु