जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा

टोकियो ,जापान ।  

जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्कको अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

 

समाचार संस्थाहरुका अनुसार मार्चको अन्तिम दिन जापानको टोकियोमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना ,शुक्रबार ८९ जना र आज शनिवार ११८ जना नयाँ संक्रमित देखिएका छन् ।

 

 

 

कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले  टोकियोमा अहिलेकै दरमा संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।

 

‘जापान सरकारले अहिले नै संक्रमण रोकथामका लागि तत्कालै कदम चाल्न जरुरी छ, सरकारी वेवास्ताले गलत बाटो लिइरहेको छ,’ लावटाले भने,’ यही अवस्था भए टोकियो अर्को न्युयोर्क हुनसक्छ ।’

 

न्युयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २९ सय बढी मानिसको मृत्यु भइसकेको छ ।

 

शनिवार जापान भरमा २७३ जना नयाँ बिरामी थपिएर कोरोना भाइरसबाट संक्रमितको संख्या ३ हजार चार सय तीन पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।

नोभल कोरोना भाईरस कसरि संक्रमण हुन्छ र सावधानी अपनाउन के गर्नु पर्छ बिज्ञहरुको भनाई । (COVID-19)



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु