नेपालमा सोमवार एकैदिन ७९ जनामा कोरोना संकमण देखिदा ६८ जना डिस्चार्ज ,मृत्‍युहुने चार पुगे

जेठ १२- नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ। सोमबार मन्त्रालयको पछिल्लो विवरण अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

 

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जनामो पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

 

अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

 

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

 

यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ।

 

अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन्।

 

यसैगरी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्‍या चार पुगेको छ। 

 

पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका १ जना वृद्धमा कोरोना संक्रमण थियो भन्ने पुष्टि भएको छ ।

 

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका १ जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

 

यता, कोरोना भाइरसको संक्रमण निको भएर सोमबार एकैदिन ६८ जना संक्रमित डिस्चार्ज भएका छन्।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट ६१ जना डिस्चार्ज भएका छन ।

यस्तै पाटन अस्पतालबाट धनुषा, काठमाडौँ, धादिङ, दाङ र वर्दियाका १–१ जना ९ औँ देखि १० औँ दिनको बीचमा डिस्चार्ज  भएका छन । टेकु अस्पतालबाट पनि सर्लाहीका १ जना पुरुष पाँचौँ दिनमा डिस्चार्ज भएका हुन्।त्यस्तै कपिलबस्तुको तौलिहवा अस्पतालबाट एक महिला डिस्चार्ज हुनुभएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु