नेपालको सीमाबारे बोले पाकिस्तानी प्रधानमन्त्री खान, भने भारत छिमेकीहरुका लागि खतरा

जेठ १४- नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले कब्जा गरेको बिषयमा नेपालले कुटनीतिक प्रतिरोध जारी राखेका बेला पाकिस्तानले पनि नेपालको बिषयलाई जोडेर भारतको आलोचना गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतको हिन्दु विस्तारवादी नीति नाजीवाद जस्तो रहेको भन्दै भारत छिमेकी देशहरुका लागि खतरा बनेको घोषणा गरेका छन् ।
प्रधानमन्त्री खानले नागरिकता कानुनका नाममा बंगलादेश, सिमाका नाममा नेपाल र चीन तथा पाकिस्तानमा भुट्टा सैन्य अप्रेसनको धम्की दिएको बताएका छन् ।


साथै उनले भारतले जम्मु कास्मीरमाथि कब्जा गरेर त्याहाँका नागरिकलाई दोस्रो दर्जाको नागरिक बनाएको र यो पनि क्षेत्रीय शान्तिका लागि खतरा भएको बताए । साथै फासीवादी मोदी सरकारले देशभित्रै पनि अल्पसंख्याकलाई दोस्रो दर्जाको नागरिक बनाएको खानले टिप्पणी गरेका छन् ।
नेपालले भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउने अभियानमा हालै नयाँ नक्सा जारी गरेको छ भने भारतलाई कुटनीतिक प्रोटेष्ट नोट र वार्ताको लागि पत्राचार गरेको छ । भारतले नेपालको भूभाग फिर्ता गर्न अटेर गर्दै आईरहेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु