नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो

साउन ११- पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार आज थप १३० जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो । 

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १८ हजार ६१३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितकाे संख्या ५ हजार ४४० पुगेकाे छ ।

यता, काेराेना जितेर घर फर्किनेकाे संख्या १३ हजार १२८ पुगेकाे छ । विगत चाैबीस घण्टामा ७५ जना निकाे भएका हुन् ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु